• २०८१ पुष २८ गते आइतवार

लगातारको अबिरल बर्षा र नदिमा पानीको बहाव उच्च,आसपासका बासिन्दालाई डर।

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४,कैलाली l लगातरको अविरल बर्षा को कारण कैलालीका नदिहरुमा यतिबेला पानीको बहाव बढेको छ। मंगलबार साझ देखि लगातार परिरहेको पानी ले कैलाली को घोडाघोडी न पा मा पर्ने डोडा नदिमा पनि पानीको बहव उच्च रहेको छ । यस नदिमा घोडाघोडी न पा का वडा न।८,१,३,५,र ७ जोडिएको छ्न बर्ष पिच्छे नदिले आसपास्मा पर्ने जग्गा कटान गर्दा खेरी स्थानीय बासिन्दा चिन्ता मा परेका छ्न ।

पानी परिरहेको छ राती सुतिरहेको बेला नदि घरतिर आउँछ कि भन्ने डरले निन्द्रा नै लाग्दैन भन्छ्न ,वडा न। ८ का स्थानिय सुनिल बोहरा ।उनले भने ूसरकारका जनप्रतिनिधिले नदिको किनारामा तटबन्ध लगाउछु भनेर चुनावको बेला भनेको तर यति बर्ष भैसक्दा पनि कुनै चासो नदेखाएको उनले बताए । यस्तै वडा न।१ मा पर्ने बेलार मा पनि नदि ले गाउतिर कटान गर्दा त्यहाँका स्थानीय पनि चिन्तित बनेका छन । उनिहरुले आफुहरुको समस्या सरकारले नहेरेको गुनासो समेत गरेका छ्न । तर उता सम्बन्धित जनप्रतिनिधि भने तटबन्धको लागि पहल भैरहेको बताउछ्न । के अब बर्षा सकिएपछी स्थानीयको क्षति भैसकेपछी बन्छ त नदिको बिकल्प प्रश्न उठ्ने गरेको छ । यसप्रती समयमै सरोकारवालाहरुको ध्यानाकर्षण भएपछी जन्ताले राहत पाउन सक्छ्न ,स्थानीय बासिन्दाले नदि रोकथाम को लागि पहल गर्न समेत आग्रह गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस