असार १५, लमजुङ । लमजुङ जिल्लाका बिभिन्न विद्यालयमा संघिय सांसद तथा नेकपाका मुख्य सचेतक देब गुरुङ्को विशेष पहल आइसिटी ल्यावका सामाग्री हस्तान्तरण गएिको छ । संघीय सरकार तथा नेपाल दुरसंचार प्राधीकरणबाट लमजुङ जिल्लाका ५ वटा विद्यालयमा सूचना प्रबिधी ल्याब निर्माणार्थ प्रति विद्यालय रु ४० लाख बराबरको कूल जम्मा रु २ करोडको कम्पुटरसहितका विविध सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
आइसिटी ल्यावका सामाग्री हस्तान्तरण गरिएका विद्यालयहरुमा भक्ति नमुना मा.वि., भोटेवडार, श्री मंगला मा.वि., म.ने.न.पा., श्री शिशु विद्याश्रम मा.बि. तिनपीप्ले, श्री गंगा मिलन मा.वि., श्री जनकल्याण मा. बि., बे.न.पा.११, चिती रहेको देब गुरुङका स्वकीय सचिव तथा विद्यार्थी नेता कमल खड्काले जानकारी दिनुभयो ।
लम्जुङ जिल्लाको लागि माननीय सांसद श्री देब गुरुङले समय समयमा विविध क्षेत्रसंग सम्बन्धित बिकासका कार्यहरुमा सहयोग गर्दै आउनुभएको छ र मध्यनेपाल न.पा एक आफैमा हरेक क्षेत्रको बिकासको लागि सम्भावना बोकेको नगरपालिका भएको र नेपालको पर्यटकीय गन्तव्य भनेर चिनिने प्राकृतिक मनोरम दृश्यले भरिभराउ गन्डकी प्रदेसको राजधानी पोखरा पनि नजिक पर्ने भएकोले पनि यो नगरपालिकाको महत्व भिन्न किसिमको छ । त्यसैले यहाँको आर्थिक, सामाजिक, पर्यटकिय तथा कृषि क्षेत्रको बिकासको लागि स्थानिय तहलगाएत केन्द्रबाट पनि विशेष पहल गर्नुपर्ने जरुरी छ ।