असार १५, बाजुरा । बाजुरा जिल्लामा आईतबारसम्म ७ हजार ८ सय ५८ जनामा आरडिटि परिक्षण गरिएको छ ।
बाजुरामा कोरोना परिक्षण सुरु गरे देखि आज सम्म जिल्ला भन्दा बाहिर बाट र भारत बाट आएका जिल्लाका विभिन्न पालिकाका क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको आरडिटि परिक्षण गरीएको जिल्ला स्वस्थ्य कार्यलय बाजुराले जानकारि दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय बाजुराका अनुशार आरडिटि परिक्षण गर्दा जसमा महिला २ हजार २७ र पुरुष ५ हजार ८ सय ३१ जना गरि जम्मा ७ हजार ८ सय ५८ जनाको परिक्षण गरिएको छ । बाजुराका विभिन्न स्थानिय तहमा गरिएको परिक्षणमा जसमध्ये १ हजार ४ सय ८३ जनामा आरडिटि पोजेटिभ देखिएको छ । त्यस्तै आरडिटी परिक्षण गर्दा नेगेटिभ आएका ६ हजार ३ सय ७५ जना लाई ७ दिन होमक्वारेन्टाइनमा बस्ने गरी घर पठाइसकेको बताइएको छ ।
आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएका व्यक्तिहरुको स्वाव संकलन गरि देशका विभिन्न प्रयोग शालामा परिक्षण कार्य भईरहेको र केहीको रीर्पोट आईसकेको र केहिको रिर्पोट आउने कार्य जारीरहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका अशोक सिंहले जानकारि दिनुभएको छ ।