• २०८२ बैशाख २९ गते सोमवार

आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डेद्वारा भारतमा अलपत्र परेका नेपालीलाई सहयोग

राम बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ १६, कैलाली । विश्व महामारी रुपमा रहेकाे काेराना भाइरस काेभिड १९ का कारण भारतमा अलपत्र परेका नेपाली हरुलाई नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एवम् नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डेद्वारा भारतमा अलपत्र अवस्थामा रहेका नेपालीलाई खाद्यन्न बितरण गरिएकाे छ ।

अध्यक्ष पाण्डेद्वारा हरियानाको फरिदाबादमा अप्ठ्यारोमा परेका अर्घाखाँची मालारानी गाउपालिका ७ दलित परिबारलाइ १५ दिनको खाद्यन्न सामाग्री बितरण गरिएको छ ।

बालकृष्ण पाण्डेको नेतृत्व पहलमै उताराखण्ड रुध प्रयागमा मा ६३ दिन देखी क्वारेन्टाइन मा बसेका नेपाली मजदुरहरु समन्वय गर्ने नसकेका दैलेख जिल्ला ठाटिकाड गाउँपालिका ४९ , घोडाघोडी नगरपालिका १ जना गरि ५० जना बेजोजगार मजदुरलाई नेपालको स्थानीय सरकार सङ समन्वय गरि उतराखण्ड रुद्र प्रयाग उपर जिल्ला अधिकार रुद्रपुर जिल्ला बाट अनुमती दिन लगाइ नेपाल फर्काउन अनुमति लिन सहयाेग गर्नुभएको छ ।

उनीहरुलाइ PCR चेक गरि पुन स्थानीय सरकार काे कोरेन्टाइन राख्ने गरि नेपाल फर्काइने तयारी गरिएको जानकारी दिनुभएको छ । त्यसैगरी नेपाली जनसम्पर्क समितिले चर्को गाडी भाडाबाट पीडित नेपालीलाई राहात दिने अनुरुप भारत सरकारसग सरकारी बस र रेलमा सुविधा सहित नेपालीले यात्रा गर्न पाउनु पर्नेमा पत्रचार र बार्तागरी पहल भइरहेको अध्यक्ष पाण्डेले जानकारी दिए।

यो अभियानमा जानकारी दिने दक्षिण भारतका महासचिव बिमल बिष्ट शाखा अध्यक्ष दिवश शाही नेपालमा परिपत्र हरुमा सहयोगी महेन्द्र बहादुर शाही देरादुन बाट प्रसासनिक सहयोगी पुजा सुब्बा, पीडितको विवरण दिने विशाल जाेशि लगायतको सबै सहयोगी हातहरुलाइ कृतज्ञता व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस