• २०८१ साउन ८ गते मङ्गलवार

आजको मौसम : केहि भू-भागहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  नेपालमा पश्चिमी  वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव  रहेको छ।  जसका प्रभावले देशको पश्चिमी भू-भाग लगायत  मध्य तथा पुर्वी पहाडी  भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ भने राती देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।  पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशको केहि भू-भागहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस