बैशाख १७, बाँके । नेपालगंज उद्योग वाणिज्य संघको बैठक सम्पन्न भएको छ । नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अब्दुल वाहिद मन्सुरको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसका कारण उद्योगी, व्यवसायीहरुमा पर्न गएको प्रभावका सम्बन्धमा बिभिन्न निर्णयहरु गरेको छ ।
नेपालगंज उद्योग वाणिज्य संघको बैठकको निर्णयहरु प्रेस बिज्ञप्ती माफर्त सावर्जनिक गरिएकाे छ ।
प्रेस बिज्ञप्ती
आज मिति २०७७ बैशाख १७ गते नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अब्दुल वाहिद मन्सुरीज्यूको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस (काेभिड १९) का कारण उद्योगी, व्यवसायीहरुमा पर्न गएको प्रभावका सम्बन्धमा निम्न बमोजिम निर्णयहरु गरेको छ ।
निर्णयहरु :
१) कोरोना भाइरस (काेभिड १९) का कारण उद्योगी, व्यवसायीहरुमा पर्न गएको प्रभावले गर्दा उत्पन्न असहज परिस्थितीलाई मध्यनजर गर्दै समग्र उद्योगी, व्यवसायी एवं आर्थिक व्यवस्थालाई माथि उठाउन नेपाल सरकारले व्यवसायीहरुलाई क्षतीको आधारमा बर्गीकरण गरि राहत प्याकेज घोषणा गर्न संघले निम्नानुसार जोडदार माग गर्दछ :
बन्द भएका उद्योगहरु र व्यवसायिक फर्महरुलाई बन्दाबन्दी (लकडाउन)को समयमा हुन आउने २०७६ चैत्र महिना देखि २०७७ अषाढ मसान्त सम्म बैंक ब्याज मिनाहा गर्न, ऋण लिएका उद्योगी, व्यवसायीहरुलाई कम्तीमा पनि तिस प्रतिशत (३०%) पुर्नकर्जा व्यवस्था गर्न र किस्ताको रुपमा चल्ने ऋणलाई व्यवसायीको माग अनुसार पुर्न तालिकिकरण गर्नुपर्ने,
साना व्यवसायीहरुलाई आर्थिक वर्ष २०७६।०७७ को आयकरमा पच्चास प्रतिशत (५०%), स्थानिय निकायले लिने व्यवसायिक करमा पच्चास प्रतिशत (५०%) र घर बहाल करमा शत प्रतिशत (१००%) छुट दिनुपर्ने,
विद्युत कार्यालयले उद्योगहरुमा डिमाण्ड शुल्क वापत लिने शुल्कमा शत प्रतिशत (१००%) र आम नागरिकको हकमा पच्चास प्रतिशत (५०%) मिनाहा गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय गरियो ।
बन्द रहेका अत्यावश्यकीय र उत्पादनमुलक उद्योगहरु छिटो भन्दा छिटो सञ्चालन गराउन सरकारको तर्पmबाट सहज वातावरण मिलाउनुपर्ने र उद्योगी, व्यवसायीहरुले त्यसका लागि आवश्यक सतर्कता अपनाउने, उद्योग, व्यवसायहरुमा रहेका कर्मचारीहरुको तलबको व्यवस्थापनका लागि सम्बन्धीत उद्योगी, व्यवसायीहरुको तर्पmबाट पच्चास प्रतिशत (५०%) र बाँकी पच्चास प्रतिशत (५०%) सरकारको तर्फबाट अनुदान दिन माग गर्ने निर्णय गरियो ।
२) खुल्ला सिमाका कारण कोरोना भाइरस भित्रिन सक्ने उच्च जोखिम यथावत भएको हुँदा कृषि उत्पादन र अन्य स्वदेशी उत्पादनलाई बढावा दिने गरि सम्बन्धित निकायहरुले उत्पादन, बजारीकरण, ढुवानी र आपूर्ति व्यवस्थालाई सहज बनाउदै लैजानुपर्ने र हालकै अवस्थामा सिमा नाका अझ कडाईका साथ बन्द गर्नका लागि दबाव दिने ।
३) लकडाउन हुँदा व्यवसायीहरुले आफ्नो व्यापार, व्यवसाय बन्द गरि सम्पूर्ण कारोबार ठप्प भएको हुँदा यो कठिन परिस्थितीमा घरभाडा छुट गर्नुहुने त्यस्ता घरधनीज्यूहरु प्रति संघ हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छ साथै अन्य घरधनीज्यूहरुलाई घरभाडा मिनाहा गरी अहिलेको असहज परिस्थिीतीप्रति साथ र समर्थन जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछ ।
हाल बजारमा यदाकदा बजारमूल्य भन्दा अतिरिक्त दरमा बस्तुहरु बिक्री गरेका गुनासाहरु आइ रहेको हुँदा सम्पूर्ण उद्योगी, व्यवसायीज्यूहरुलाई अधिकतम खुद्रा मूल्य (MRP) भन्दा बढीमा बिक्री वितरण नगर्नु, नगराउनु हुनका साथै कहि, कतै, कसैले गरेको प्रमाणित भएको पाईएमा सम्बन्धित निकायबाट हुने कारवाहीप्रति हाम्रो पूर्ण समर्थन रहने छ ।
२०७६।१२।१८ गते देखि नेपालगंज उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा किराना तथा खाद्य व्यवसाय संघ, बाँकेको सहकार्यमा सञ्चालित घुम्ती सेवा मिति २०७७।०१।१५ गते सम्म पहिलो चरणको समापन गरेको र सो घुम्ती सेवामा जिम्मेवारी लिने संघका कोषाध्यक्षज्यू लगायत पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरु र किराना तथा खाद्य व्यवसाय संघ, बाँके प्रति आभार तथा धन्यवाद प्रकट गर्दछौ ।
चिरञ्जीवी ओली (महासचिव) अब्दुल वाहिद मन्सुरी (अध्यक्ष)