आज सांझ हुने भनिएको नेकपाको सचिवालय बैठक अहिलेको देसको परिस्थिती अनुकुलता होस, परिवार, गुट उपगुटको राजनीतिक खेल समाप्त हुने वातावरण बनोस, पार्टी एकताको मर्म र जनताको चाहनालाइ मध्यनजर राख्दै कसैको एकल निर्णयको हावी नभइ ब्यक्ति, परिवारबादी र दलिय चिन्तनबाटसमेत मुक्तिको बाटो खोजी अबदेखि हरेक निर्णयहरु रास्टृयता र जनजीविकाको सवालसग सम्बन्धित भएर उठुन ।
विश्व कोरोना भाइरसले आक्रान्त छ र नेपाल पनि अछुतो छैन ! सबै मिलि यसको बिरुद्दमा लड्नु छ र अबको आर्थिक स्थितिको पनि मुल्यान्कन गर्नु छ ! त्यसैले बिना स्वार्थ एक ढिक्का भएर अगाडि बढ्नु नै आजको आबस्यकता हो र बिगतमा जनचाहना पनि त्यही नै थियो र छ पनि , एक दुई सय भिडले सामाजिक सन्जालमा नकारात्मक सन्देस फुकेको भरमा भन्दा नि यथार्थ सत्यतातिर र जनचाहनाको ख्याल राखौ ! यी कुरा सबै यथार्थ जीवन पद्दतिसग मेल खादैन र ढाटेको कुरा र फाटेको टोपी कहिलै लुकाएर लुक्दैन पनि ! पद र कुर्चिको लोभमा फंसेर कसैलाइ कुर्चिबाट लडाउछु भन्न खोज्दा क्षणिक फाइदा त होला नै तर कालेलाइ खाएको मनको बाघले गोरेलाइ पनि नखाला भन्न सकिन्न र पार्टीको हालत बिगत ५० देखि ६० को दसकको पार्टी विभाजन, सासद र मन्त्री किनबेचदेखि सरकार ढाल्ने प्रबृतिको नहोला भन्न पनि सकिन्न ! त्यसैले निलेर होइन सबै मिलेर अगाडि बढौ र अब ने क पाले निर्णय गर्दा राज्य सन्चालनको आधा हिस्सा कमसेकम युवा पुस्तालाइ बिषय बिज्ञको आधारमा हस्तान्तरण गरोस !
यसो गर्नाले अन्य पार्टिमा पनि जागुरुकता हुन्छ र नयां टेक्नोलोजिले फड्को मार्दछ अनि न भ्रस्टाचारको रोग न त देस बिकासको तनाब ! किनकी नया पिढिमा छुट्टै जोस र जागर हुन्छ र अन्य बिदेसिएका युवाहरु पनि स्वदेसमा नै बसेर केही त गरौ भन्ने भावनाबाट प्रेरित हुन्छन ! धन्यबाद !