• २०८० असोज ११ गते बिहिवार

भुसाल र पौडेलको प्रयासमा सन्धिखर्कमा कृषि एम्बुलेन्स संचालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
बैशाख १७, सन्धिखर्क । किसानको खेतवारिमा फलेको तरकारीलाई किसानको घरमै पुगि निशुल्क रुपमा बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स संचालनमा आएको छ । समाजसेवी तथा प्याब्सन केन्द्रिय सदस्य श्रीकृष्ण भुसालको संयोजन र समजसेवी व्यक्ति युवराज पौडेलको सौजन्यमा सन्धिखर्क नगरपालिका भित्र उक्त एम्बुलेन्स संचालनमा आएको छ ।
लकडाउनले गर्दा कृषिकहरुले उब्जेको तरकारीलाई बजार सम्म पुर्याउन नसकेको कुरालाइ मध्यनजर गर्दै उक्त एम्बुलेन्स संचालनमा लेरायको सम्योजक श्रीकृष्ण भुसालले बताउनु भयो । एम्बुलेन्सले किसानको खेतबारिमा पुगेर तरकारी लेराइ सन्धिखर्क नगरपालिका भित्रका चोक चोकमा लगेर बेच्ने गरेको छ । उपभोक्ताले एम्बुलेन्स संचालन भए पछि आ-आफ्नो घर अगाडिनै ताजा र सुलभ मुल्यमा तरकारी खान पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
भुसालले कृषकले आफ्नोमा उब्जनी भएको तरकारिलाइ बजारसम्म पुर्याउनु परेमा र उपभोक्ताहरुले तरकारी आवश्यक परेमा आफुलाइ खवर गर्न समेत आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस