• २०८० असोज १७ गते बुधवार

लकडाउन : चैत २५ गते १२ बजेसम्मलाई थपियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले २५ गते १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

लकडाउनको अवधि सकिन दुई दिनअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस