• २०८० असोज ४ गते बिहिवार

कोरोना भाइरसको त्रासदीसँगै तारकेश्वर नगरपालिकाले चालेका कदमहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

चैत १६, काठमाडौं । चीनको बुहानमा ३१ डिसेम्वर, २०१९ मा देखा परेको कोरोना भाइरस (कोभिड १९) हाल विश्वका करिव एक सय पचासी राष्ट्रभन्दा बढि देशमा फैलिएको विशेषज्ञहरुले बताएका छन् । हालसम्म नेपालमा यो भाइरस संक्रमणको संख्या ५ पुगेको छ र एकजना निको भएको अवस्था छ ।

गत साता फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षिय युवतीमा सँक्रमण देखिएको र हाल उनको उपचार टेकु अस्पत्तालमा भइरहेको जानकारी आएअनुरुप नै सरकारले यहि चैत्र ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको छ र आज वसेको मन्त्रि परिषदको बैठकले थप एक हप्ता थप्ने सम्भावना छ । यसरी अव नेपालमा पनि यसको सँक्रमण देखिन थालेसँगै यस भाइरस विरुद्धमा सरकारको तर्फबाट विभिन्न पहलहरु भइराखेको छ । यस भाइरस विरुद्धमा खट्ट्निे स्वास्थ्यकर्मी र अन्य व्यक्तिहरुलाई प्रोत्साहनस्वरुप भत्ता दिने र स्वास्थ्य सामाग्रीहरु तुरुन्त खरिद गर्नको लागि प्रयास भइराखेसँगै अवको केहि दिनमै चीनबाट केहि स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरु आउँदै गरेको, सरकारले करिब एक लाख वेडको क्वारेन्टाइन स्थापना गरिसकेको वर्तमान अवस्थामा स्थानीय सरकारले पनि यसतर्फ विशेष पहलगरेनुरुप काठमाण्डौको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिका अन्तर्गत रहेका विभिन्न वडाहरुले आ आफ्नो तर्फबाट स्वास्थ्यसँग सम्बन्धित जनहितका कार्यहरु ”कोरोना भाइरसको विरुद्धमा” गरिरहेको वर्तमान अवस्थामा वडा न-८ ले पनि विभिन्न जन स्वास्थ्यसँग सम्बन्धित कार्यहरु गदैआएको र आज आइतवारको दिन यस वडाले अन्तर्गतका मूख्य मूख्य सडक, चोक र गल्लीहरुमा किटनाशक औषधिको प्रयोग गरेको छ । यस नगरपालिका अन्तर्गत लामवगरको सडक र यसका साखा सडक तथा वस्तीहरु जरंखुदेखि शेषमतिपुलसम्म र नेपालटार डाँडा गाउँ इलाकाको मूख्य चोक तथा वस्तीहरुमा जहाँ सवारी साधनको पहुँच पुगेको छ ।

 

उक्त ठाउँहरुमा यस वडाका वडाध्यक्ष मनोजकुमार घिमिरे तथा वडाका जनप्रतिनिधिहरु, समाजसेवी तथा वडा नं.८ का ने.क.पा. वडा कमिटि अध्यक्ष गोपी सापकोटाका साथै समाजसेवी भिम लामा लगायत अन्य व्यक्तिहरुको सहभागितामा उक्त कार्य गरिएको थियो । यसरी यस अघि नै नगरपालिकामा विभिन्न वडाका जनप्रतिनिधिहरुको वैठक वसि तारकेश्वर नगरपालिका वडा नं.१ अन्तर्गत साङ्गलाको साँङ्गला प्राथामिक स्वास्थ्य चौकिमा हरपल डाक्टरको व्यवस्थासहित सुविधा सम्पन्न २५ वेडको क्वारेनटाइन निर्माण गरिएको छ । त्यस्तै विदेसबाट आएका व्यक्तिहरुको लागत संकलन गरी सम्बन्धित निकाएमा जानकारी दिने काम पनि भइराखेको छ । यसैगरी नेपाल सरकारले लागू गरेको लकडाउनलाई साथ दिनको लागि तारकेश्वर न.पा.का मेयर, उपमेयर तथा हरेक वडाका जनप्रतिनिधिहरुको पहलमा हरेक नागरिकहरुलाई यस भाइरस विरुद्धमा लडनको लागि सचेत र सजग भई विज्ञहरुको सल्लाह र सुझावलाई मनन गरी घरभित्रै वस्नको लागि प्रोत्साहन गरिएको र जनतालाई खाद्यान्नलगाएत अन्य कुराहरुमा असहज परिस्थितिको सामना गर्न परेको खण्डमा त्यसको लागि राहतको प्याकेज ल्याउने योजना पनि रहेको कुरा सम्बन्धित जनप्रतिनिधिहरुबाट जानकारी दिइएको थियो । हरेक वडा कार्यालयले विपन्न वर्गलाई राहतको प्याकेज ल्याउने कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

यसको लागि तपाई हामी जनता स्वयं सजग र सचेत भई सरकारी आदेश तथा विभिन्न चिकित्सकहरुको भनाईलाई मध्यनजर राखि अत्यावश्यक कामवाहेक घर वाहिर ननिस्कनु नै उत्तम उपाए हो किनकी हाम्रो छिमेकी मुलुक चीनबाट फैलिएको हुनाले हामी एक आपसमा सतर्क रहनै पर्ने हुन्छ । यसको लागि नगरपालिका अन्तर्गतका हरेक वडाका जनप्रतिनिधिहरु र सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीहरुले पनि हरेक टोल सुधार समिति अन्तर्गत के कस्तो अवस्था छ, खाद्यान्नलगाएत दैनिक उपभोग्य वस्तुहरुको सहजता के छ, फोहोरको व्यबस्थापन भएको छ कि छैन, यदि व्यक्तिहरु विरामी परेको अवस्थामा एम्वुलेन्ससहित सम्बन्धित ठाउँमा पहुँच राख्ने व्यबस्था कसरी गर्न सकिन्छ आदि कुराहरुतर्फ नितान्त ध्यान जान जरुरी देखिन्छ ।

यसरी आज वश्वका शक्तिराष्ट्हरुसमेत यस भाइरसबाट त्रसिद भएको वेला विकासोन्मुख देसहरुमा त झन चिन्ता हुनु स्वभाविकै हो । हालसम्म विश्वमा करिब ६ लाख ६८ हजार ५ सय मानिसहरु यो भाइरसबाट संक्रमित भइसकेको अवस्था छ भने करिब ३१२०० जना व्यक्तिहरुको मृत्यु भइसकेको छ । त्यस्तै १,४२,८६० व्यक्तिहरुलाई निको भइसकेको आँकडाले वताउँछ । यसरी विश्वका अति विकशित मुलुकहरु नै यस भाइरसको त्रासदीबाट मुक्त हुन सकेको छैनन् भने हामी विकासोन्मुख देसका नागरिकहरु रोग लाग्नुभन्दा अघि नै आफु पनि सचेत हुने र अरुलाई पनि सचेत गाराइयो भने पक्कै पनि यस भाइरसको विरुद्धमा हाम्रो जित अवस्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस