• २०८१ असोज २६ गते शनिवार

कोरोनाका कारण स्पेनकी राजकुमारीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनस्पेनकी राजकुमारीको मृत्यु भएको छ । ८६ वर्षिया स्पेनकी राजकुमारी मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो ।

टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस