• २०८२ बैशाख २९ गते सोमवार

नेपाल प्रहरी र सुनचाँदी ब्यवसायको सुरक्षा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १७, काठमाडौ । महानगरिय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र नक्साल र काठमाडौं सुनचाँदी ब्यवसायी संघको संयुत्त आयोजनामा शनिवार राजधानीमा सुनचाँदी ब्यवसायको सुरक्षा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उत्तमराज सुवेदीले काठमाडौंका सार्वजनिक स्थानमा छब्बिस हजार सिसिटिभी आवश्यक रहेको औंल्याए । उनले सुनचाँदी व्यवसायीहरुले एकैपटकमा ठुलो परिमाणमा सुनको ओसारपसार गर्दाको अवस्थामा सुरक्षा माग गरेको खण्डमा प्रहरीले स्कर्टिङको सुविधा दिलाउने बताए । साथै, उनले व्यवसायी आँफै पनि सुरक्षा मामिलामा सचेत रहन आवश्यक रहेको औंल्याउदै आन्तरिक सुरक्षामा पनि ख्याल गर्नुपर्ने धारणा राखे ।

 

कार्यक्रममा महानगरिय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक भरत बाबु विकले ब्यवसायी बीच हुने अस्वच्छ प्रतिस्पर्धा साथै लोभ लालचका कारण पनि केही ब्यवसायीहरुले क्षती ब्यहोर्नु परेको इंकित गर्दै यस्ता गतिविधीबाट टाढै रहनुपर्ने बताए । प्रहरी नायव उपरिक्षक वि क ले सुनलाई धितोमा राखेर ब्याजबाट फाइदा लिने प्रवृत्ती सरासर गलत भएको र रसायन, तौल जस्ता कुरामा ब्यवसायीहरु चुक्न नहुने भन्दै उनले सरोकारवालाहरु सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरे ।

 

कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, , युवा ब्यवसायी भरत लामिछाने, नगरवासी, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो । सो अन्र्तकृया कार्यक्रममा नक्साल सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज वसन्तकुमार थापाले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस