फागुन १७, सुनवल । सिद्धार्थ शिशु सदन इङ्गलिस बोर्डिङ स्कुल सुनवल ४ को ३१ औँ वार्षिक उत्सव तथा खाना महोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको सभापतित्व रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय प्यापसन सचिवालय सदस्य यम बहादुर थापा र विषेश अतिथि जिल्ला प्यापन अध्यक्ष इन्द्र बहादुर गुरुङ्ग रहनुभएको साथै विशिष्ट अतिथि प्रदेश ५ प्यापसन तथा जिल्ला जिसन अध्यक्ष धनराज चापगाई र अतिथिहरु सुनवल नगर प्यापसन अध्यक्ष शकर प्रसाद गौतम , सुस्ता गनउँपालिका प्यापसन अध्यक्ष दुर्गाा प्रजियार र पत्रकार विमल भट्टराई लगाएतको उपस्थिती रहेको थियो ।
विधालयका शैक्षिक संयोजक बलराम ज्ञावलीको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा शैक्षिक सत्र २०७५ का उत्कृष्ट विधार्थी एवं विधालयको वार्षिक उत्सवको अवसरमा उत्कृष्ट हुने खेलकुदका खेलाडी विधार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै शैक्षिक सत्र २०७६का एसइइ मा सम्मिलित विधार्थीहरुलाई सफलताको शुभकामना समेत प्रदान गरिएको थियो ।
विधालयको शैक्षिक गतिविधि तथा २०७६ को वार्षिक प्रदिवेदन प्रधानध्यापक पदम कुमार ठकुरीले प्रस्तुत गर्नुका साथै विधार्थीको तर्फबाट श्रेया कार्कीले मन्तव्य व्यक्त गर्नुको साथै जिल्ला प्यापसन अध्यक्ष इन्द्र बहादुर लगाएतको आ आफ्नो धारणा राख्नु भएको सो कार्यक्रमको संचालन शिक्षक संसार राना मगरले गर्नुभएको थियो ।