• २०८१ मङ्सिर २२ गते शनिवार

आजको मौसम : सामान्य वदली

पढ्न लाग्ने समय : २ मिनेट

माघ १५, काठमाडौं । आज दिउँसो देशको पश्चिम तथा मध्य भू-भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक वदली रहने छ । पश्चिमी र मध्य भू-भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एकरदुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

यस्तै राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

देशको पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ । अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भु-भागहरुमा हल्का देखि मध्यम हिमपातको साथै पहाडी भू-भागका तथा तराई भु-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । यस्तै तराईका भूभागमा लागेको हुस्सुरकुहिरो मध्यान्न पछि बिस्तारै हटेर जाने देखिन्छ। कुहिरो लागेको स्थानहरुमा मध्यान्नसम्म राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस