• २०८१ बैशाख १३ गते बिहिवार

प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १३, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेकपाका प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल बिच खुमलटारमा भेटवार्ता भएको छ । सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ नेतृत्वको टोली प्रचण्ड भेट्न खुमलटार पुगेका हुन।

उक्त चिनियाँ टोलीले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओली र आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको र त्यसपछि नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला चिनियाँ टोली नेपाल आउनुलाई अर्थपुर्ण तरिकाले लिइएको छ ।

प्रतिक्रिया दिनुहोस