• २०८० फाल्गुन ११ गते शुक्रवार

गभर्नर अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोष र टोकियो विश्वविद्यालयको संयुक्त रूपमा आयोजित भर्चुअल सेमिनारमा सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १३, काठमाडाैं ।  गभर्नर महाप्रसाद अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया प्रशान्त क्षेत्रीय कार्यालय र जापानको टोकियो विश्वविद्यालयद्वारा २०७७ मङ्सिर ८–१० मा संयुक्त रूपमा आयोजित “Securing FinancialStability: Lessons from the GlobalFinancial Crisis in the Age of COVID-19” बिषयक भर्चुअल सेमिनारमा सहभागी हुनुभयो । टोकियो विश्वविद्यालयका अध्यक्ष माकोतो गोनोकमीले उक्त सेमिनारको प्रथम सत्रको उद्घाटन गर्नुभयो । सो अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिष्टालिना गिर्याेगिभाले उद्घाटन मन्तव्य राख्नुभयो ।

त्यसैगरी बैंक अफ जापानका गभर्नर हारुहिको कुरोडाले दोस्रो र तेस्रो सत्रको उद्घाटन मन्तव्य राख्नुभयो भने जापान फाइनान्सियल सर्भिसेसका कमिश्नर रोयोजो हिमिनोले चौथा तथा अन्तिम सत्रकोउद्घाटन मन्तव्य राख्नुभएको थियो। उक्त सेमिनारमा अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक टोविस अड्रियनले कोभिड–१९ को महामारीका कारण निम्तिएको सङ्कटका घडीमा वित्तीय क्षेत्रका नीति निर्माताहरूलाई कोषले पु¥याएको सहयोगको बारेमा चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय मुद्रा कोषका का.मु. निर्देशक जोनथन ओष्ट्रेले विश्व तथा एसिया क्षेत्रको आर्थिक अवस्थाका सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो ।

सेमिनारमा विश्वव्यापी वित्तीय संकटका अवधिमा अन्तर्राष्ट्रियस्तरमा गरिएको संकट व्यवस्थापनले कोभिड–१९ को सङ्कट व्यवस्थापन गर्नका लागि पाठ सिकिएको चर्चा भएको थियो । उक्त सेमिनारमा सहभागीहरूबीच कोभिड– १९ का कारण आर्थिक तथा वित्तीय सङ्कटको असरलाई न्यूनीकरण गर्दै वित्तीय स्थायित्व कायम गर्न अन्तर्राष्ट्रिय समन्वयात्मक भूमिकाको महत्व, वित्तीय सङ्कट सामना गर्नका लागि अवलम्बन गर्नुपर्ने विभिन्न किसिमका वित्तीय औजारहरूको समेत चर्चा भएको थियो । टोकियो विश्वविद्यालयका डिन सुटोमु वतानावेले सेमिनारको समापन मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस