असोज १२, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बलात्कार घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरूलाई मतियारको रूपमा पक्राउ गरी कारबाही गर्न मातहतका निकायलाई निर्देशन गरेको बताएका छन् ।
बलात्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएको अखिल नेपाल महिला संघ ९अनेमसंघ०का प्रतिनिधि मण्डल र बझाङ जिल्लाका जनप्रतिनिधि मण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको बताए ।
उनले यस्तो मिलापत्र गराउनेलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यकपरे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संशोधन गरिने समेत बताए । उनले बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशील र गम्भीर रहेको बताए ।