असोज १२, भरतपुर । भरतपुर अस्पतालमा उपचाररत एक जनाको कोरोना संक्रमितको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका ७ कृष्णपुरका ५५ वर्षीय पुरुष छन् ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले मृगौला फेल भइ डायलायसिस गरिरहेका उनीमा असोज ४ गते कोरोना पुष्टि भएको थियो ।खोकी र स्वासप्रवासमा समस्या भइ उनी भरतपुर अस्पतालको आइसोलेसन वार्डमा असोज ७ गते भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटील हुँदै गएपछि असोज ८ गते कोभिड आइसियूमा राखी उपचार गरिएको अस्पतालले जनाएको छ ।
उनको आईसीयूमा उपचार जारी रहेको अवस्थामा सोमबार अपराह्न १२ बजे मृ’त्यु भएको अस्पतालले जनाएको छ ।