• २०८१ फाल्गुन ७ गते बुधवार

अध्यक्षद्धय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन लगातार छलफलमा जुटेका उनीहरुबीच आज बिहान साढे ११ बजेदेखि बालुवाटार छलफल जारी छ । यसअघि बिहीबार, शुक्रबार र आइतबार भएको लगातारको छलफलमा पनि ठोस सहमति जुट्न सकेको थिएन । खासगरी मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रीमण्डल गठनमा ढिलाइ भएको हो ।

मन्त्रीमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रिहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् । त्यस्तै समीकरण मिलाउन ओली र प्रचण्डबीच तीन वटा मन्त्रालय समेत टुक्र्याउने बारेमा समेत कुराकानी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस