असोज १२, कैलाली ।घोडाघोडी नगरपालिकामा बिद्यार्थी सिकाइ सहजीकरण कार्यबिधी छलेर बिधालय संचालन संचालन गरिएको भन्दै सरोकार वाला निकायले चासो व्यक्त गरेका छन् ।
बिगत ६ महिना देखि ठप्प भएका बिद्यालय संचालन गर्ने नेपाल सरकारले बनाएको बिद्यार्थी सिकाइ सहजीकरण कार्यविधिको दुरुपयोग गर्दै बिद्यालले खोलेको देखिएको छ। ठुलो संख्यामा बिद्यार्थी जम्मा पारेर बिद्यालय संचालन गरेको भन्दै सामाजिक संजालमामा नगरपालिकाको चर्को बिरोध गरेका छ।
कार्यविधिमा , बिद्यालय खोलेर बिद्यार्थी जम्मा पारेर कक्षा कोठा खोलेर संचालन गर्ने भन्ने कुनै व्यवस्था छैन तर घोडाघोडी नगरपालिकामा भने बिद्याल खोलेर कक्षा कोठा मा ६० बिद्यार्थी राखेर पढाइ गरेको पनि देखियो।
बिद्यालयमा संचालन गर्दा माक्स स्यानिटाइजर को पनि ब्यबस्था नभयको बिद्यार्थीको गुनासो रहेको छ ।
शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रीस्तारिय वैठकबाट पारित निर्णय अनुसार विधार्थी सिकाई सहजीकरण निर्देशिकाको दफा ३३ को उपदफा २ लाई आधार मानी बिद्यार्थीहरु को अभिलेख र सिकाइ सहजीकरण गर्ने निर्देशिका जारि गरेको थियो।
अभिभावकहरु कोरोना माहामारि फैलिएको कारण बिद्यालयमा आफ्ना पानि बाबुहरू पठाउन पनि डर लगिरहेको छ न बिद्यालयमा नियमित अध्ययन पढाई हुन्छ न त माक्स स्यानिटाइजर को नै ब्यबस्था रहेको छ एक जना अभिभाबकले बताउनु भयो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको प्रभाव हाम्रो देशमा दिन दिनै वढीरहेकोे संकटपूर्ण अवस्थामा सामान्य जीवनका नियमित प्रक्रियाहरु अवरुद्ध भएका छन् । सबै क्षेत्रलाई प्रभावित पारेको यस महामारीले शिक्षा क्षेत्रलाई झनै प्रभावित बनाएको छ । तसर्थ बालबालिकाको शिक्षा पाउने अधिकारको संरक्षण गर्नु आजको प्रमुख चुनौति बनेको छ । करिब ९० लाख विद्यार्थीहरु नियमित पठनपाठनबाट बञ्चित भएका छन् । पठनपाठन सुचारु हुन नसक्दा उनीहरुमा अन्योलता छाएको छ भने आफ्ना बालबच्चाको शिक्षा प्रति अभिभावक हरुको चिन्ता बढ्दै गएको छ भने बिद्यालयमा माहामारी रोक्ने कुनै पनि मापदण्ड नअपनाएर बिद्यालय खुलाएकामा अभिभाबक चिन्तित बन्न पुगेका छन ।
वैकल्पिक शिक्षा पद्धति सम्बन्धमा केही भ्रम रहेको पनि देखिएको छ । यदाकदा अनलाईन वा भर्चुअल कक्षालाई नै वैकल्पिक शिक्षा भनेर पठन पाठन गर्न अनुरोध गरेको थियो
भने घोडाघोडि केहि बिद्यालयहरुले स्वास्थ्य मापदण्डमा सामानन अपनाएर बिद्यालयमा पढाउने गरेका छन। यस बिषयमा घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख उमेश राज रेग्मी लाइ बुझ्दा बिधालय संचालन नगरेको सिकाइ सहजीकरण मात्र गरेको भनि सोझै झुट बोलेका छ।