• २०८१ फाल्गुन ७ गते बुधवार

ट्रम्पमाथि कर नतिरेको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १२, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर नतिरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७ सय ५० डलर मात्रै तिरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । घाटाका कारण ट्रम्पले यो १० वर्षको अवधिमा ८ पटक कर तिर्नु नपरेको तथ्य बाहिर आएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको दाबी गरिएको छ ।

उहाँले सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको व्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको बताउनुभएको थियो । राष्ट्रपति ट्रम्पले भने कर नतिरेको सम्बन्धी समाचार गलत भएको भन्दै खबरको खण्डन गर्नुभएको छ । आफूले कर तिर्दै आएको उहाँको दाबी छ । सन् २०१६ मा राष्ट्रपति बनेपछि ट्रम्पका छोराले कारोबार सम्हाल्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस