असोज १२, काठमाडौँ । सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड जारी गरेको छ । बैंकले ‘योपालिको दसैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गरेको जनाएको छ ।
यो योजना १२ असोजदेखि असोज मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकमा लागु हुने बैंकले जनाएको छ । यसैगरी पहिलो ५० ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा तीन हजारबराबरको सामान खरिद गर्दा ५ सयको निःशुल्क भौचर प्राप्त गर्ने बैंकले जनाएको छ ।