भदौ १२ मुगु । हिमाली जिल्ला मुगुमा विहिवार विभिन्न स्थानमा गरिएका स्वाव परिक्षणको लागि शुक्रवार पठाईएको छ । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस कोभिड १९ को परिक्षणका लागि ३ सय ६१ जनाको स्वाव पठाईएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार हिजो गरिएका वालवालिका , वृद्धवृद्धा , युवक , पत्रकार लगायत अन्त त्यस्तै जिल्लाको पुर्वी भेगमा पर्ने मुगुम कार्मारोंग गाउपालिका बाट १ सय जनाको स्वाव संकलन गरि परिक्षणको लागि जुम्ला पठाइएको सुचना अधिकारी पर्शुराम नेपालीले बताए ।