• २०८१ माघ ८ गते मङ्गलवार

नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १२, काठमाडौँ । थप ९२७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४१५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौँ जिल्लामा मात्र ३५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै रुपन्देहीका ७२ जना, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६र१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३र१३ जना, सिराहाका १२ र नवलपुर, दैलेख र कैलालीका ११र११ जनामा कोरोना संक्रमण देखिएको छ ।

डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४र४ जना, नुवाकोट र सल्यानका ३र३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २र२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १र१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले वजाएको छ ।

मन्त्रालयका अनुसार आज १६९ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २० हजार २ सय ४१ जना रहेको छ भने मृत्यु हुनेको संख्या १९५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस