• २०८१ जेष्ठ ३१ गते बिहिवार

ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२,मोरङ । मोरङको बेलबारीमा दुई समूहबीच ‘ग्याङ फाइट’ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–५ कसेनीका ४० वर्षीय चन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो कसेनीस्थित लोहन्द्र पुलमा भएको ‘ग्याङ फाइट’ मा राईको उपचारको क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।यस्तै घटनामा चार जना गम्भीर घाइते भएका छन् । घटनामा सईकुमार राई, समुन्द्र राई, जितेन चौधरी र गौरव राई घाइते भएका हुन् । उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी राईले बताए ।

सुरुमा बन्चरो र खुकुरीलगायत हतियारले राई समूहमाथि आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य झगडा भएको थियो । झगडा के कारणले भएको खुल्न बाँकी रहेको डीएसपी राईले बताए । घटनामा संलग्न अन्य तीनजना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस