भदौ १२, काठमाडौँ । नेपाल-भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको जिम्मेवारी परिवर्तन गर्ने बेला परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ । महामारीका बेला सुरक्षा निकायमा कर्मचारीको सरुवा भएपछि रवाना हुनुअघि कोरोना संक्रमण परीक्षण हुँदै आएको छ । त्यही क्रममा सरुवा भएका सशस्त्र प्रहरी कर्मचारीमा संक्रमणको जाँच गरिएको थियो ।
अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य थालिएको छ । योसँगै हालसम्म देशभर ५ सय २ सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।