भदौ १२ , दैलेख । दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भएका अनियमिताहरु दिनदिनै वाहिरीदै गएका छ्न् । गाउँपालीकामा २०७६-२०७७ को चालु आर्थिक बर्षमा ७ करोड ५० लाख बजेट बेरुजु देखाएको छ।
बिना भरपाई, स्रोत नखुलाई साडे ७ करोड बजेट चुर्लमै पार्दा जनसुमुदायबाट बिरोध भैरहेको छ। गा पा प्रमुख विरुद्ध नैतिक भ्रष्टाचार गरेको भनी आरोप बढिरहँदा, गा पा प्रमुखको ठाडो आग्रहमा गुँरास गाउँपालिका शिक्षा शाखाले निजि बिद्यालयमा आफ्ना सन्तान पढाएको भन्दै विज्ञप्ती सहित ३ जना शिक्षक र शिक्षिका रोशनि मल्ल, पदम बहादुरी नेपाली र कमला कुमारी चन्द लाई १०,००० रुपैयाँ जरिवाना तिर्नहुन भने पत्र काटेको छ।
यो निर्णय बाहिरी रुपमा झट्ट हेर्दा निजि क्षेत्रलाई दुरुत्साहित गरेको राम्रो भएपनी भित्रि रूपमा निकै कुटनीति छ। छोराछोरीलाई निजि बिद्यालयमा पढाउने शिक्षक, सरकारि कर्मचारी, जनप्रतिनिधिलाई कारबाही गरिने भनी २०७५ चैतको अन्तिम सातामा निर्णय गरिएको र २०७६ सालको शैक्षिक सत्रमा लागू गर्ने भनिएपनी, गा पा प्रमुख खेमराज वलिको छोराछोरी बिरेन्द्रनगर सुर्खेत स्थित निजि बिद्यालय उषा वालवाटिका माध्यमिक बिद्यालयमा पढदै आइरहेका थिए र हालै आएको रिजल्ट अनुसार उनी क्भ्भ् पास भएका छ्न।
उनका घरपरिवारका सबै बालबालिका निजि स्कुलबाटै पढेका र पढदै आइरहेका छन। तकालै उनी बिरुद्ध जनताहरुले ७ करोड ५० लाख बेरुजु बारे प्रश्न गरि बिरोधको माहोल ताँतीदा आफू इमान्दार बन्न खोज्न, आँखामा छारो हाल्, उनले आफनो छोरो निजि बिद्यालयको माध्यमिक तह क्भ्भ् पास गरि पार गरेको मौका खण्डमा पुर्वाग्रहिका साथ बिपक्षी पार्टी निकट रहेका शिक्षकहरूलाई १०,००० जरिवाना सहित कारबाही गर्न २०७७र०३र३१ गते विज्ञप्ती निकाल्न आव्हान गरेका थिए त्यतिबेला सम्म उनका छोरा निजि स्कुलमै पढदै थिए।
जब क्भ्भ् पास भए अनि श्री कृष्ण मा-वि गुराँस ५ सानाकाडाका प्र.अ शिक्षक पदम बहादुर नेपालीलाई कारबाही गर्न २०७७-०५-८ गते विज्ञप्ती निकाल्न लगाएका हुन । जुन निर्णय २०७६ सालमै लागू हुनुपर्ने हो। गा.पा अध्यक्ष आफु जोगिन उनले स्वयंम कार्यनयन नगर्न भनि दबाब दिएका थिए । अध्यक्ष लगायत धेरै जनप्रतिनिधि र सरकारी कर्मचारीहरुका सन्तान निजि बिद्यालयमै पढाईएको छ।
तर कम्जोर र राजनीति शक्ति बिहिन शिक्षकलाई मात्रै कारबाही गर्ने कुरा निन्दनीय छ । कानुन सबैको लागि बराबर हो सबैको निम्ति लागू हुनुपर्छ। ७ करोड ५० लाख बेरुजु देखि वडा, वडा को सडक निर्माण र पुर्वाधारमा वोलिको र वडा अध्यक्षहरुको अनियमितता रहेकोे देखिन्छ। भ्युचुला पुलिया सडक खण्डमा ९२-९२ हजार रुपैयाँ भाग लगाउने भनि एक फोन रेकर्ड पनि बाहिरिएको छ।
त्यस्तै वार्ड न. ७ मा झुजको कुलो योजना, बगौरा ९ लालिकाँडा शान्ति मावी सडक निर्माणमा पनि अनियमित गरेको कुरा उठेको छ सबै छान पार्टीगत रुपमा अदक्ष व्यक्तिहरुलाई नि विभिन्न नियुक्ति दिएको छ। गा .पा अध्यक्षले आफू जोगिन मिडियाहरुलाई आफ्नो साथ राखी शस्तो प्रचार गरेको जनताको गुनासो छ । भ्रष्टाचारि जोसुकैलाई कारबाही गर्न युवाहरु जुटेका छ्न।