• २०८१ माघ ११ गते शुक्रवार

अमेरिकामा शक्तिशाली समुद्री आँधी, कम्तीमा चार जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, एजेन्सी । अमेरिकामा शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको मृत्यु भएको छ ।लरा नामक आँधीले पुर्‍याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ । लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ ।बीबीसीका अनुसार करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको छ। पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ । तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने आएन किनकी आँधी पूर्वतिर लाग्यो । अहिले सो आँधी कमजोर बनेको बताइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछिल्लो अवस्थाबारे बताइएको छ । उनले प्रभावित क्षेत्रको सप्ताहान्तमा भ्रमण गर्ने बताएका छन् । उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका निम्ति आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्ने सम्बोधन पछि सार्न खोजेको तर त्यसो गर्नु नपरेको बताए । ‘हामीलाई अलिकति भाग्यले साथ दियो। आँधी निकै ठूलो थियो तर छिट्टै नै गइहाल्यो,’उनले भने । लोरा तथा अघिल्लो आँधी मार्कोले क्यारिबियन क्षेत्रमा २४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस