• २०८१ असोज २४ गते बिहिवार

बिद्युत कार्यालय बेखबर – बिद्युतको हैरानीमा खलंगा बासी

रेशम बहादुर खड्का पढ्न लाग्ने समय : ५ मिनेट

भदौ १२ , जाजरकोट । जाजरकोट जिल्लामा कोरोना भाइरस संक्रमीतको संख्या बढे पछि प्रशासनले निषेधाज्ञा जारी गर्यो । स्थानीय प्रशासनले गरेको निषेधाज्ञाले खलंगाको सुनसान छ । यसकै बिचमा मध्य पश्चिम विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त भेरी ज्ञानोदय क्याम्पस खलंगाले तिन तहका परिक्षाहरु अनलाइ प्रर्णालीबाट सञ्चालन गरेको छ ।

परिक्षा दिनको लागी दुइ दिनको बाटो हिडेर जुनिचाँदे गाउँपालिका ५ गर्खाकोटकी हिमानी शाही अहिले अनलाइ मार्फत परिक्षा दिइरहेकी छन । गाउँमा भपर्दो इन्टरेट सेवा नहुदा परिक्षाका लागी शाही खलंगा पुगेकी छन । स्नातकोतोर एम.एडको पहिलो स्यामेस्टरमा परिक्षा दिन खलंगा पुगेकी शाही बिद्युतका कारण अनलाइन परिक्षा दिन निकै सास्ती खैप्दै आएकी छन । समय तालिका बिनको झिम झिमे बिद्युतले बिचमा निकै तनाब दिदै आएको उनको भनाइ छ। जुनिचाँदे देखि परिक्षाको लागी खलंगाम आए । उनले भनीन, गाउँमा भपर्दो इन्टरनेट भएन । अनलाइन कक्षा र अनलाइ परिक्षको लागी खलंगा आए ।

गाउँमा सोलारनै ठिक थियो । इन्टरनेट भएको भए यति दुख हुने थिएन । वाई फाइको खोजिमा खलंगा आए । खलंगाम बत्तिले समेत परिक्षमा अबरुद हुदै आएको छ । कतिबेला जान्छ आउछ परिक्षामा निकै समस्या भएको उनले बताइन । शाही जस्तै छेडागाड नगरपालिका १०का निम बहादुर पुन स्नातकोतोर एम.एड पहिलो स्यामेस्टरको परिक्षा दिन खलंगा पुगेका छन । गाउँमा इन्टरनेट सेवा नहुदा सुबिधा खोज्दै सदरमुकाम आएका छन । तर बिद्युत सेवाले गर्दा मोबाइल डाटामा परिक्षा दिनु पर्ने बाध्यता छ । उनले भने , सुबिद्या खोजदै सहर आइयो । सहरमै भयो बिच्चली । डाटाको भरमा परिक्षा दिनुपर्छ ।

पछिल्लो समय बिद्युत सेवा भरपर्दो नहुदा स्थानीयहरु सास्ती खेप्दै आएका छन । जिल्लामा न घोषित रुपमा लोडसेडिङ छ । न त नियमित रुपमा विद्युत आपुर्ती । हिजोआज जिल्लामा यही समस्याले सर्वसाधारणलाइ हैरानी बनाइरहेको छ । दिनमा दर्जनौं पटक विद्युत लाइन जान्छ । छिनमै आउने र छिनमै जाने विद्युतका कारण उपभोक्ताहरु सास्ती भोग्न बाध्य छन । तर यसको समाधान खोज्ने तर्फ सम्बन्धीत निकायले खासै चासो नदिएको स्थानीयहरुको गुनासो छ । अझै कति समय यहाँका नागरिकले भोग्नुपर्ने हो, त्यो भन्न नसकिने अवस्था रहेको यहाँका स्थानीयको चिन्ताको बिषय भएको भेरीनगरपालिका ३ ठाँटीबजारमा व्यवसाय गर्दै आएका राजन थापाले दुखेसो पोखे । उनले भनेर्, रातको समयमा कम मात्र जाने बत्ती दिउँसोमा अत्याधिक मात्रामा जाने गरेको छ । यसले सर्वसाधारण उपभोक्तालाई त समस्या बनाएको छ । त्यो भन्दा बढी समस्या उद्यमी र व्यवसायीलाई भएको छ ।’

उनी मात्र होइन भेरी नगरपालिका ३ माकम्प्युटर व्यवसाय थालेका युनिभर्सल कम्प्युटरका सञ्चालक राकेश आर.सी पनि यस्तै दु ःख व्यक्त गर्छन । उनले भनेर्, हाम्रो म त अझ मेसिनरी उपकरण विग्ररहने डर लाग्छ । झ्याप जाने र आउने बत्तीका कारण धेरै मेसिनरी सामानहरु बिग्रिएका छन । यसको क्षतिपुर्ती कसले दिने ?’ उनीहरु त उदाहरण पात्र मात्र हुन । जाजरकोटमा पछिल्लो समय यो समस्याले नागरिक हैरान भएका छन । विना सुचना विद्युत अनियमित भएका कारण गुमेको नोक्सान कसले वेहोर्ने ? आज सर्वसाधारण यही प्रश्नको उतर खोजिरहेका छन । २०७५ वैशाख ३१ देशलाइ लोडसेडिङ मुक्त गरिएको थियो । देशलाइ १५ वर्षपछि लोडसेडिङ मुक्त देश भएको थियो । नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । प्राधिकरणले औद्योगिक क्षेत्रमा गर्दै आएको तीनघण्टे लोडसेडिङ अन्त्य गरेको भन्दै देश भरी लोडसेडिङमुक्त भएको घोषणा गरेको थियो । तर जाजरकोटमा भने झिम झिमे बत्तिको भरमा सेवा प्रबाह हुदै आएको छ ।

पनि प¥ये विद्युत अवरुद्ध –हल्का पानी पर्न वित्तिकै जाजरकोटको विद्युत अवरुद्ध हुदै आएको छ । अवरुद्ध भएको ६÷७ घण्टापछि मात्रै यहाँको विद्युत आउँने गरेको पत्रकार पवन शमौले बताए । विद्युत आउने समय कुर्दै उपभोक्ता हैरान हुन्छन । उनले भने,जाजरकोटमा बिद्युत प्राधिकरणमा लुटतन्त्र छ । कहिले त विद्युत नआएरै दिन वित्छ । आजभोली बर्खाको समयमा त झन पानी परिरहने भएकोले विद्युत पनि गईरहन्छ । बिल उठाउन आउने मर्मत सम्भारमा ख्याल नगर्ने प्रबिति बिद्युतमा रहेको शर्माले बताए ।

जाजरकोटको लाइन सुर्खेतमा खराब छ – खड्का

जाजरकोट जिल्लामा आपूति हुदै आएको बिद्युत लाइन सुर्खेतले अबरुद्ध गराउदै आएको नेपाल विद्युत प्राधिकरण जाजरकोट शाखाका प्रमुख लोकबहादुर खड्काले बताए । जिल्लामा प्रशारणमा रहेको ३३ केभी प्रशारण लाइन कोहलपुर शाखा देखि सुर्खेत हुदै आउनु भएकोले शाखाले हेर्नुपर्ने खड्काले बताए । उनले भनेर्, केन्द्रिय लाइन सुर्खेत बाट नै जाजरकोटमा आउछ । जाजरकोट क्षेत्रमा कुनै अबरुद्ध छैन । सुर्खेतमा समस्या भएकोले यता आउँदैन त्येसैले सुर्खेत शाखाले नै हेर्नुपर्छ ।’ राम घाटको सर्भिसमा समस्या भएकोले जाजरकोटमा विद्युत नआउँदा समस्या भएको छ । राकमदेखि यता हामीले बनाउने हो उता सुर्खेत शाखाले हेर्नुपर्ने खड्काले बताए । सुर्खेत वितरण केन्द्रको समस्या समाधान भयो भने, जाजरकोटमा कुनै खालको समस्या नहुने खड्काको दावी गरे ।

आफनो वितण केन्द्रमा आफै हेर्नु पर्छ -गिरी -नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाका प्रमुख टंक गिरीले जाजरकोट शाखाले विद्युतमा समस्या के भएको हो हेर्नुपर्ने बताएका छन । उनले भनेर्, हामीले भन्दा पनि आफ्ना उपभोक्तालाई के समस्या परेको छ । त्यो त्यहाँको कार्यालयले बुझने हो नि ?’ हामीलाई किन भन्ने । उपभोक्ताको समस्या समाधान गर्न कार्यालयले काम गर्नुपर्ने भन्दै कार्यालय प्रमुख गिरीले आक्रोस व्यक्त गरे । राकममा के भएको हो भनेर जाजरकोट शाखाले पनि बुझ्नुपर्ने उनको भनाई छ । अरुलाइ आरोप लगाउनु भन्दा आफनो क्षेत्रमा गम्बीर भएर काम गर्नुपर्ने कार्यालय प्रमुख गिरीको दाबी छ ।

दुई कार्यालयकै छैन समन्वय – जिल्लामा विद्युत नियमित छैन । विद्युत नियमित नहुनुमा विद्युत कार्यालयको जवाफ छ उतै केही समस्या छ । यो कसले बनाउने हो ? समस्या समाधान गर्न किन चासो नदिएको ? तर समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुको विद्युत कार्यालयले आउँछ भन्दै पन्छिने गरेको छ । कार्यालयमा दैनिक सयौंको संख्यामा बिद्युत सम्बन्धी गुनासा आउने गरेका छन । तर कार्यालयले सुर्खेतबाट सटडाउन लिएको भन्दै ग्राहकहरुलाइ भ्रममा पार्दै आएको स्थानीयको भनाइ छ । कार्यालयको काम सेवा दिने हो ग्राहाकनै सन्तुष्टी छैनन । सेवा प्रवाहमा बिद्युत प्राबिकरणको निकै लापरवाहि भएको स्थानीय गणेश घर्तीले बताए । जिल्लामा केन्द्रीय प्रशारणको नारा दिए पनि सान्टा रिसागको बिद्युत सेवा भरपर्दो भएको घर्तीले बताए । बर्खामा कुलो अबरुद्ध भए कुटो कोदालो लिएर जान्थ्यौ । तर यस्तो हबिगत कहिले भएन । सम्बन्धीत कार्यालयलाइ सोधधा कार्यालय बिचनै समन्वय नभएको उनले बताए । जनता बाट बिल उठाउने नियमित सेवा नदिने हो भने स्थानीयले कसरी सेवा लिएको सहनु भुति गर्ने यहाँका स्थानीयको गुनासो छ । कार्यालयको हेलच्क्राई भन्दा काम गरेर नागरिकको समस्या समाधानमा लाग्न जरुरी रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस