• २०८१ माघ ११ गते शुक्रवार

कञ्चनपुरमा आमाले बिष खुवाउँदा नाबालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, कञ्चनपुर ।कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्तीमा आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको ज्यान लिएको छ।स्थानिय २४ वर्षीया निर्मला रानाले आफुसंगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विष सेवन गराएपछि उपचारका क्रममा शुक्रबार बिहान शिशुको मृत्युु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ।


नाबालक शिशुलाई र आफुले बिष सेवन गर्दा बिरामी बनेकी निर्मलाको कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए। घटना किन र के कारणले भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस