समाजसेवी भनेर चिनिएका राम बहादुर शाही कोरोनाको प्रकोपपछि भने निस्कृय जस्ता नै देखिए। मलाई जिज्ञासा भो सोधे तपाईं जस्तो सुकै प्रतिकुल अबस्थामा पनि सधै अरुलाई सहयोग गर्न अधि सर्ने मान्छे मेरो प्रश्न पूरा नहुदै बिचैमा उनले जवाफ फर्काए समाजसेवा गर्न अब त जागर नै लाग्न छाड्यो । अहिलेको अबस्थामा त तपाईं जस्तो ब्यक्तिको झन ठुलो खाचो छ नि , किन मन मर्यो यहाँको मलाई जिज्ञासा पलायो ।
चर्चित भईयो भने मरेपछि पनि धेरै मलामी पाईन्छ भनेर समाजसेवामा लागियो । अहिले कोरोनाले गर्दा मान्छे मरेपछि आफन्तले मुख त हेर्न नपाउने अवस्था आयो, मलामीको त के कुरा गर्नु । त्यसै भएर समाजसेवामा पनि मन मरेर गयो ।