• २०८१ माघ ११ गते शुक्रवार

चितवनमा एक महिलासहित दुई कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२,चितवन । चितवनमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एक महिला र पुष्पाञ्जली अस्पतालमा एक पुरुषको मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा मकवानपुर हेटौडाकी ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ मृत्यु भएको हो भने पुष्पाञ्जली अस्पतालमा ५१ वर्षका पुरुषको बिहान १० बजे मृत्यु भएको हो ।

पुष्पाञ्जली अस्पतालका प्रवन्ध निर्देशक सुजन अधिकारीले चितवनकै एक पुरुषको १० बजे निधन भएको पुष्टि गरे ।महिला भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस