भदौ १२, चितवन । चितवनको एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले खैरहनी नगरपालिका वडा नं। २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको बेला बिहीबार दिउँसो १ पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको र उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।