• २०८१ माघ ११ गते शुक्रवार

दाङको राप्ती गाउँपालिका एक हप्ताको लागि शिल

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, दाङ । दाङमा कोरोना संक्रमण रोकथामका लागि राप्ती गाउँपालिकामा एक साता निषेधाज्ञा जारी गरिएको छ ।गाउँपालिकामा भदौ १२ गते राती १२ बजेबाट लागुहुने गरि एक साताका लागि निषधाज्ञा जारी गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर १ को भालुबाङ पुलचोक, पुरानो बजार पाखापानी क्षेत्र, वडा नम्बर ४ को बुडिचौर, मौरीघाट क्षेत्र र वडा नम्बर ८ को कोलहव क्षेत्रमा शिल गरिएको हो । बन्दको समयमा गाउँपालिकामा सम्पुर्ण सार्वजनिक यातायात बन्द हुने भएका छन् । त्यसैगरी अत्यावश्यकबाहेक अन्य सबै क्षेत्र बन्द हुने राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस