• २०८१ माघ ८ गते मङ्गलवार

छायानाथ धामको तीर्थयात्रा शुभारम्भ

जिल्ला भित्रका लागी खुल्ला, बाहिरका नो ईन्ट्री
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

साउन १३ मुगु । बिश्व महमारी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को महामारीकै बिच मुगुको छायाँनाथ धामको तिर्थ यात्रा मंगलवारबाट शुभारम्भ भएको छ । विभिन्न धाममध्येको जेठो धामका रुपमा चिनिदै आएको छायानाथ धामको तीर्थयात्रा मंगलबारबाट शुभारम्भ भएको हो ।

जिल्लाको छायानाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मी सहित पुर्वी करान भेगमा पर्ने मुगुमकामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धाम तीर्थयात्रा शुभारम्भ भएको मानिएको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायानाथ मन्दिरमा रहेको छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र शुरु भएको यहाका पुजारीहरु बताउछन ।

बाहिरी जिल्लाका लागि नो ईन्ट्री

मंगलबार लगिएको शिवजीको मूर्ति जनैपूर्णीमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि सुदुरपश्चिम प्रदेश र कर्णालीका जिल्लाका मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायानाथ धाममा आउने गरेको भएपनि यो बर्ष कोराना भाईरसको कारण संक्रमण बढ्न सक्ने भन्दै जिल्ला बाहिरका भक्तालुलाई छायाँनाथ धाम जान रोक लगाईएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । धाममा जिल्ला भित्रका लागिमात्र अनुमति दिईएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।

जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न तीर्थालुको ओइरा लाग्ने गरेको छायानाथ मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए । विष्णु शक्तिले झिंगा उत्पादन गरि महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ ।

छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । मंगलबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि अथवा परेउ पूर्णीमाका दिनमा फर्किने गर्दछ।

यसैबीच, बुधबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल कृष्णमोक्ष मन्दिरमा पनि छायानाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तीर्थालु जाने भएका छन्। त्यहाँ पनि जिल्ला बाहिरका तीर्थालु लाई दर्शन गर्न रोक लगाईएको छ ।

कोरोना संक्रमण नरोकिएकाले धार्मिक स्थलहरुमा विभिन्न ठाँउ तथा क्षेत्रहरुका भक्त्तालुहरुको भिडभाड हुने र कोरोना समुदाय स्तरसम्म फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले श्रावण महिनामा छायाँनाथ र क्रृणमोक्ष मन्दिरमा आउने भक्तालुजनहरुलाई नपठाई दिन भन्दै पत्रचार गरेपछि यो वर्ष भक्तालुहरु मुगु आउन नपाउने भएका छन ।

जिल्ला प्रशासन कार्यालय मुगुले छायाँनाथ धाम र क्रृणमोक्ष मन्दिरमा आफना कुल देउता, धामी,झाक्रीहरुलाई शुद्ध गराउन र मनोईच्छा प्राप्ती गर्न बढी भक्तालुहरु आउने जुम्ला, हुम्ला, डोल्पा, कालिकोेट र बाजुरा जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ संक्रमण फैलिने जोखिमलाई ध्यानमा राखि त्यहाँ जिल्लाहरुबाट उल्लेखित धार्मिक स्थलहरुमा आउने भक्तजनहरुको आवत जावतलाई रोकिदिन हुन भन्दै अनुरोध गरेको छ ।

छायाँनाथ र ऋणीमोक्क्ष धाम उच्च बाहै महिना हिउ जम्ने हिमालमा भएकाले दैनिक पुजाआजाका लागी महादेव र सतीदेवीका मुर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाँउमा रहेका छायाँनाथ र क्रृणमोक्ष मन्दिरमा राखिदै आएका छन ।

प्रतिक्रिया दिनुहोस