श्रावण १३ , काठमाण्डौं । विशेष सूचना तथा निरन्तर निग्रानी पश्चात महानगरिय प्रहरी वृत थानकोटले सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाई दिन्छु भनि विभिन्न व्यक्तिहरूसंग रकम असुली गर्नेव्य १ जनालाई पक्राउ गरेको छ । मुगु खत्याड गा. पा वडा नं ८ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका मगर गाँउ बस्ने बर्ष २५ को प्रेम राज पाण्डेलाई थानकोट खरीबोटबाट पक्राउ गरीएको हो ।
उनले बिगतमा जिल्ला काठमाण्डौ च.न.पा ४ बस्ने मंगल श्रेष्ठ तथा च.न.पा ४ बस्ने शैसब श्रेष्ठ लगायतलाई लाईसेन्स बनाईदिने भन्दै प्रतिव्यक्ति रू १३,५००। रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यस सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी सम्बन्धि कसूरमा थप अनुसन्धान भईरहेको छ ।