• २०८१ चैत्र २ गते आइतवार

प्रचण्डलाई भीम रावलको प्रश्न, पदको लागि झगडा गर्ने अनि हाम्रा टाउका गन्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको विवादका कारण पछिल्लो समयशर्षि नेतानै दवाव थेग्न नसक्ने अवस्थामा पुगेका छन् । विगतमा बहुमत सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै आएका पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समुहमै रहेका भनिएका नेताहरु पनि आफ्नै गुटसँग आक्रोशित हुन थालेका छन ।

आज बालुवाटारमा भएको गुटको अनौपचारिक छलफलमा स्थायी कमिटी सदस्य भिम रावलले प्रचण्डलाई कडा प्रश्न राख्दै भने, ‘प्रधानमन्त्री ओलीसँग तपाईंहरुको हुने पदको झगडामा म सामेल छैन र हुनेपनि छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन ।’

नेता रावलले पार्टीलाई एकतावद्ध राख्न वामदेव गौतमले ल्याएको प्रस्ताव राम्रो रहेको भन्दै समर्थन समेत जनाएका छन । गौतमले पाँच वर्ष ओलीलाई प्रधानमन्त्री र एकता महाधिवेशनसम्म प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने प्रस्ताव ल्याएका छन । नेता रावलले पदका लागि यो ९नेकपाभित्रको० झगडाले मुख देखाउन लायक नभएको भन्दै नेताहरुले ओलीसँग पदको विभाजन गर्ने मात्रै सोचेकोमा आक्रोश पोखे ।छलफल चलिरहेपनि बामदेव गौतम, घनश्याम भुषाल र भीम रावल आफ्नो भनाई राखेर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस