काठमाडौँ, १३ साउन । चिनियाँ राजदूत होउ यान्छी र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान पौडेलनिवास बोहोराटारमा उनीहरुबीच भेटवार्ता भएको हो । राजदूत यान्छीसँग ‘नेपाल र चीनबीच सुमधुर र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको’ पौडेलको सचिवालयले जानकारी दिएको छ।
पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार दूतावासले काठमाडौंमा आयोजना गर्न लागेको एक कार्यक्रमका लागि निमन्त्रण दिएकी छन् ।
उक्त भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको थियो।