• २०८१ जेष्ठ ११ गते शुक्रवार

काठमाडौँ उपत्यकाका ४० प्रहरीसहित देशभर १८४  प्रहरीमा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

१३ साउन काठमाडौँ । प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यकाका ४० प्रहरीसहित देशभर १८४  प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमा १ डीएसपी, ६ इन्सपेक्टर, ८ सई, १२ असई, ५४ हवल्दार, ९९ प्रहरी जवान र ४ जना कार्यालय सहयोगी छन् ।

काठमाडौँ उपत्यकामा ४०, प्रदेश १ मा २७, प्रदेश २ मा ३४, गण्डकी प्रदेशमा २९,प्रदेश ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशका १२ प्रहरीमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९९ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस