• २०८१ पुष २९ गते सोमवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण १३, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न रहेका छन ।

१.नेपाल टेलिकमका क्रियाशील युनियनहरू को संयुक्त संघर्ष समितिले विभिन्न माग राखि प्रवन्ध निर्देशकको कार्यकक्ष अगाडी धर्ना दिने ।
स्थान:-नेपाल टेलिकम भद्रकाली प्लाजा भद्रकाली ।
समय:-१०:०० बजे ।

२.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-११:०० बजे ।

३.नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार नियुक्तिको विषयलाई लिई विरोध प्रदर्शन गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय:-११:०० बजे ।

४.महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

५.अर्थ समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

६.बिकस तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

७.अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१२:०० बजे ।

८.नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकासमान सिंह,नविन्द्रराज जोशी लगायतका ब्यक्तिहरूको उपस्थितिमा covid-19 enough is enough group अभियानका अभियानता तथा सत्याग्रहीहरुको जीवन रक्षा तथा ऐक्यबद्धताका निम्ति धर्ना कार्यक्रम गर्ने ।
स्थान:-बसन्तपुर डबली ।
समय:-१४:०० बजे ।

९.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान:-सानोठिमी क्याम्पस ।
समय:-२०७७/०४/७ गते देखि जारी ।

१०.covid-19 enough is enough group का अभियानता इसान अधिकारी (ई) सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि खुल्ला सत्याग्रह बसेको ।
स्थान:-वसन्तपुर डबली ।
समय:-२०७७/०४/०३ गतेको १२:३० बजे देखि जारी ।

११.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१२.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१३.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस