• २०८० चैत्र १६ गते शुक्रवार

सबैका मनमा नेता मदन

खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

आज जननेता मदन भन्डारीको ६९ औ जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धासुमन अर्पण गर्दछु । नेपाली भुगोलको राजनीतिमा नया वाद अर्थात ”जनताको बहुदलीय जनबाद” सिद्दान्तको प्रतिपादक, नेपालमा छरपश्टरुपमा आ आफ्नै कम्युनिस्ट सिद्दान्तमा क्रान्तिकारी मार्ग अवलम्बन गर्ने तर जनताको मन जित्न नसक्ने धेरै बादको मालिक भएर बसेका कम्युनिस्ट घटकहरुलाइ एकताको शुत्रमा बांधी एउटै बाद “जनताको बहुदलिय जनबाद” को छातामुनी ल्याउन सफल, उच्च मनोबल भएका, शााहसीक ब्यक्तित्व, पुराना प्रश्नहरुको खोजी नगरी संधै नयाँ नयाँ प्रश्नहरुको खोजी गरि समाधानको बाटो पहिल्याउने, निरन्तर जनतामुखी आवाज बुलन्द गर्ने अब्बल नेतृत्वकर्ता, आर्थिक विकासको पाटो भनेको निजी, सहकारी र सार्वजनिक क्षेत्रलाइ संधै संगसंगै लिएर जानुपर्छ भन्ने मान्यता राख्ने ब्यक्ति, स्व मदन भन्डारी आज हामी माझ नभएपनि २२सबै पार्टी, ब्यक्ति, समुदायलाइ समेटन सक्ने क्षमताका धनी जननेता स्व मदन भन्डारी नेपालको कम्युनिस्ट आन्दोलको छोटो अबधीमा नै उहाँको उचाइले सगरमाथा छुंदा निरंकुश र साम्राज्यबादीहरुले पनि घुंडा टेक्ने दिन आइसकेको थियो ।

जुन ठाउँमा गएर भाषण गरेपनी जनताको मन जित्न सफल , स्वच्छ , निष्कपट स्वभावका भन्डारीले जिवनको छोटो समयमा नै नेपालको कम्युनिस्ट आन्दोलनलाइ उचाइमा पुर्याउन सफल भएर नै आज नेपालको कम्युनिस्ट आन्दोलनले सार्थकता पाएको छ र यसो भन्दैमा अहिलेका कम्युनिस्ट नेता तथा कार्यकर्ताहरुले आफ्नो आचरण, ब्यबहार, दैनन्दिनीमा परिवर्तन नगरी संधै परिवार र पार्टीमोह, धन कमाउने प्रलोभनमा फंस्ने र जनताको निम्नतम आबश्यकता गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीतर्फ अझैपनी ध्यान नदिने हो भने यो करिब दुई तिहाइको कम्युनिस्ट सरकारले उहाँको त्याग र बलिदानको अपहेलना गरेको ठरिनेछ ।

साच्चै यो देशलाइ प्रकृतिले बरदान दिएकै हो, वीर पुर्खाले पौरख देखाएकै हुन, स्वर्गजस्तो यो देश गन्तब्यको खोजी गर्दै गर्दा कता कता पुगियो । स्थायित्व र समृद्दी खोज्दा खोज्दै कहिले पराइ ठुल्दाइको त्रासमा रुमलिइयो । कहिले आफन्तको पीडामा खुट्टा तानातान, कहिले महासागरीय भुमरीको अल्झन त कहिले कुर्चीको टक्कर, कहिले पद, पावर, पैसा अनि आफन्त र परिवारमा स्वार्थलाइ सीमित राखियो । तैपनि नेपाली जनताको धैर्यताको बाध टुटेको छैन, न त प्रकृतिको निशाना नै फुटेको छ, न त हामीले जननेता मदनलाइ भुल्न सकेका छौं ।

त्यसैले अब त सोच न । एकान्तमा बसेर भएपनि सहयात्राको पाठ सिक, अनि सुखी नेपाली, समृद्र नेपालको परिकल्पनालाइ वास्तबिकतामा परिणत गर ! साच्चै, अब त दलीय र पारिवारिक स्वार्थ भन्दा एक तह माथी उठेर सोचौं त ! फेरि उनको त्यो अतितको सम्झना आयो कि टनकपुर सम्झौता हुंदा प्रतिपक्षको नेता भएको नाताले खेल्नु भएको नेतृत्वदायी भुमिकाको सम्झना गर्दै आज पनि नेपालका शासकबर्ग सत्ताधारी दल, प्रतिपक्ष, बुद्दिजीवी, नागरिक समाज लगायत आम सचेत नागरिकमा “आफु भलो त जगतै भलो” भनेजस्तो आफ्नो पारिवारिक, दलगत स्वार्थ भन्दापनि स्वार्थ राष्टिेरयताको मामलामा होस, स्वार्थ देश विकासमा होस, अनि सबैको समय अनाहक र ब्यर्थमा सडक आन्दोलनमा जाने वातावरण नबनोस भन्दै बुद्दी बेचेर खानेहरु अमेरिका युरोपतिर, श्रम र कला बेच्नेहरु खाडी मुलुकतिर, बुद्दि भुटेर खानेहरु राजनीतितिर, हतारको जिन्दगी जिउनेहरु शहर बजारतिर, आखिर कोरोनाले पनि पुरानै संस्कृती र संस्कार सिकाएकोले स्वच्छ आहार बिहारमा जिउन जान्नेहरु गाउंघरतिर भन्ने यथार्थ सत्यलाई चरितार्थ गर्दै अबको निकास गाउंको बिकास भन्ने उहाँको प्रेरणाले सबैको सद्बुद्दी पलावस र अन्तमा राजा त्रिभुवनको “रिसलाइ प्रेमले, झगडालाइ मेलले र अन्धकारलाइ प्रकाशले जितौं” भन्ने बाणीको पनि सम्झना गराउदै फेरिपनि उहाँप्रति श्रद्दासुमन ।

प्रतिक्रिया दिनुहोस