• २०८१ साउन ८ गते मङ्गलवार

आजको मौसम : देशभर धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी ९दक्षिण(पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको० वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । जसका प्रभावले हाल देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

महाशाखाले देशभर धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित भारी वर्षाको समेत संभावना रहेकाले ति क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस