• २०८१ असोज १९ गते शनिवार

आमाको हत्यापछि युवकद्वारा आत्महत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, मोरङ । मोरङको बेलबारी नगरपालिका– ४ काकुमका ३१ वर्षका जीवन लिम्बूले आमाको हत्यापछि आत्महत्या गरेका छन् । खाना खाने विषयमा बिहीबार सामान्य विवादका हुँदा छोरा जीवनले आमा ६१ वर्षकी देवीकुमारी लिम्बुलाई चुल्होबाट इँटा निकालेर टाउकोमा प्रहार गरेका थिए ।

छोराले इँटा प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आमाको हत्यापछि आफ्नै घाँटी रेटेका लिम्बुको स्थानीय नोबेल सामुदायिक अस्पताल बेलबारीका उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस