• २०८१ साउन १ गते मङ्गलवार

बेवारिसे २ नाल बन्दुक सशस्त्र प्रहरीको नियन्त्रणमा

क्राइम ब्युरो पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० सिक्टा नहरको डुडुवा पुल नजिकबाट अवैध रुपमा राखिएको २ नाल बन्दुक बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल ५४ नं. गुल्म डेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुरको टोलीले २ नाल भरुवा बन्दुक, १ पैकेट बारुद र खुकुरी १ थान बरामद गरेको हो ।

सशस्त्र प्रहरी कोहलपुरले जानकारी गराए अनुसार लोड गरिएको २ नाल बन्दुक, केप २२, केपमा प्रयोग हुने पटाका २ थान, बारुद सानो ३ बट्टा ५ सय ग्राम सानो ठुलो छर्रा, दुई व्याग, ३० ग्राम बदेलको कपाल, बन्दुक मर्मत गर्ने सामाग्री तथा पासो बनाउन प्रयोग हुने सामाग्री लुकाएर राखेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म हेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुर सशस्त्र प्रहरी नायव उपरिक्षक श्याम कार्कीले जानकारी दिनुभयो । बरामद गरिएको सामाग्री सम्बन्धित निकायमा पठाएको समेत उहाँले जानकारी गराउनुभएको छ । चोरी निकासीका लागि तयारी अवस्थामा राखेको उक्त अवैध सामाग्री फेला परेको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस