• २०८२ बैशाख ४ गते बिहिवार

सुनिलस्मृति गाउँपालीका वडानं. २ को वडा कार्यलयलाई स्वास्थ्य समाग्री हस्तान्त्रण

बिन्दु कुवर पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, रोल्पा । स्वर्गीय हिमालय कुमार सिंहको स्मृतिमा सुनिलस्मृति गाउँपालीका वडानं। २ को वडा कार्यलयलाई स्वास्थ्य समाग्री हस्तान्त्रण गरिएको छ ।स्वर्गीय हिमालय कुमार सिहंको धर्मपत्नी राज्य लक्ष्मि देवि सिंह र छोरा अनुप कुमार सिह (मनोज) को सहयोगमा सुनिल स्मृति गाउपालिका वडा नं. २ खुग्री निवासी श्रवण गिरी, रोषण गिरी र धवेन्द्र गिरीको पहलमा वडा नं. २ का अध्यक्षसंग समन्वयन गरि एक कार्यक्रमका विच १० पिस पिपिई सेट, २० पिस गोलव्स, ५ लिटर सेनिटाइजर, एउटा स्प्रेगन, र २० पिस मास्क लगायतका स्वास्थ्य सामाग्री वडा अध्यक्ष नं. २ का वडा अध्यक्ष नेत्रवहादुर गीरी लाई हस्तान्तरण गरिएको जनाइएको छ ।

यो भन्दा पहिले स्वर्गीय सिंहको स्मृतिमा रोल्पा अस्पताल रेउघा, सुनिल स्मृति गाउपालिका, सोहि गाउँपालीकाको वडा नं. १ र २ को वडा कार्यलय लगायतलाई २५ पिस पिपिई सेट वितरण गरिसकेको जनाइएको छ । त्यस्तै जेष्ठ १६ भोलि पुनः रोल्पा अस्पताल रेउघा र सुनिल गाउपालिकामा ५ लिटर सेनिटाइजर, १०र १० पिस पिपिई सेट, २० र २० जोडा पञ्जा २० र २० पिस मास्क, एउटा स्प्रेगन लगायका सामाग्री बितरण गर्ने समाजसेवि श्रवण गिरीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस