• २०८१ साउन ८ गते मङ्गलवार

कित्ताकाँटमा ढुल्मुलिएको राजनीति

खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

विश्व कोरोनाबाट आतंकित भइरहदा नेपालमा पनि यसको प्रकोप झन बढदै गैरहेको छ । दैनिक सय जनाभन्दा बढी मात्रामा संक्रमित भेटिन थालेका छन र निको हुनेको संख्यामा पनि बृद्धी भएको छ । मुख्यतयः लक्डाउनको पालना गरिएतापनी दैनिक भारतबाट आउनेको संख्या तीब्र हुनु र परिक्षण र क्वारेन्टिनको दायरा फराकिलो पार्न नसक्दा संक्रमितको संख्या दैनिक बढिराखेको छ । सरकारले यस सम्बन्धमा अझ बढी ध्यान दिनु नितान्त जरुरी भैसकेको छ ।

मधेसी समाजबादी पार्टीका नेता बाबुराम भट्टराईले भारतिय पुर्ब राजदुत श्याम शरणलाइ भेटेपछि नक्सा सच्याउन सिधै समर्थन नगर्ने तर मधेसी दलको माग पूरा गर्ने सर्त राखेमा मात्रै समर्थन गर्ने सङकेत गरेका छन।

नेपालमा जब जब संकट आइपर्छ तब त्यस्तै अबसर छोपी छिमेकीको गिद्देदृष्ट्री पर्नु कुनै नौलो कुरा होइन । बिगतको इतिहासतिर नजाउँ । यो साता नेपाल भारतको सीमानाको कुराले भारत र नेपालका संचार माध्यामहरु एकाएक तातिए , नेपालको सत्तारुढ दलको केही नेताको भित्री आशय जे भएपनि निशान छापको बारेमा संविधान संशोधन गर्ने सम्बन्धमा एकरुपता देखियो तर कृष्ण अबतारधारीले को को लाइ के के मन्तर सुनाए गोपिनीहरु नै जानुन । मधेसबादी दलहरुको कुरा गर्ने हो भने त उनीहरुको आसय यदि यस मामलामा हात हाल्ने हो भने हामिलाइ पनि निम्न सर्त भए मात्र मान्य हुने भनेजस्तो आसय बुझियो ।

कांग्रेसको केन्द्रिय कमिटिमा सल्लाह गर्नुपर्छ भन्दै समय माग गर्नुको पछाडी उहीँ कृष्णजीको कमाल हो कि भन्ने आसंका राजनीतिक बजारमा चलिराखेको छ ।

मधेसी समाजबादी पार्टीका नेता बाबुराम भट्टराईले भारतिय पुर्ब राजदुत श्याम शरणलाइ भेटेपछि नक्सा सच्याउन सिधै समर्थन नगर्ने तर मधेसी दलको माग पूरा गर्ने सर्त राखेमा मात्रै समर्थन गर्ने सङकेत गरेका छन।

के हो त मधेसी दलको माग ?
१. हिन्दी भाषालाइ पनि नेपालको आधिकारिक भाषा बनाइनु पर्ने (बहुभाषिक निति) ।
२. भारतबाट बिहे गरि नेपाल आएकी बुहारिलाई देशको सर्बोच्च पद राष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायाधीश जस्ता पदमा जान सक्ने बनाइनु पर्ने । (अहिलेको ब्यबस्था अनुसार सर्बोच्च पदमा जान नेपाल जन्मजात नागरिक हुनुपर्छ ।)
३. प्रदेश न १ का मोरङ र सुनसरिलाइ प्रदेश २ मा गाभ्नु पर्ने । (कुनै श्रोतबाट)

नेपाली कांग्रेसको कुरा गर्दा मिनेन्द्र रिजाल, गगन थापाजस्ता दोश्रो दर्जाका नेता यसबारेमा खुलस्त भएपनि पार्टीलाइ लामो समयसम्म अनिर्णयको बन्दी बनाइ राखेका नेतृत्व पंक्तिका देउवाजी लगायतले भने दुई दिन अगाडिको कुरा फेरीहाले र हिजोको बैठकमा केन्द्रिय कमिटिमा सल्लाह गर्नुपर्छ भन्दै समय माग गर्नुको पछाडी उहीँ कृष्णजीको कमाल हो कि भन्ने आसंका राजनीतिक बजारमा चलिराखेको छ । आजको एक राष्ट्रिय दैनिकको समाचार अनुसार संविधान संशोधन गर्न ढिला नहुने कुरामा काङ्रेसका दोश्रोस्तरका नेताहरुले जोड दिएका छन र दवाबमा कांङ्रेस शिर्षकमा प्रकाशित समाचारमा उल्लेख छ ।

प्रत्येक दलका भातृ संगठन राष्ट्रियताकै पक्षमा देखिन्छन तर केही दलका नेता भने न गरी खाने, न त अरुलाइ काम गर्न दिने , के तिनका अतीतको कर्तुतको ढाकछोप कार्यकर्ता र नेपाली जनताले गरिदिनुपर्ने ?

त्यसैले बिगतदेखि नै भारतको इशारामा चलेको नेपालको राजनीति प्रायः सत्ताको दाउपेचमा बेला बखत कोल्टे फेरे पनि हाल राष्ट्रिय अश्मिताको मामलामा मधेसबादीको ढुल्मुले नीति भएपनि सत्तारुढ र प्रतिपक्ष दल काङ्ग्रेस लगायत अन्य रास्ट्रवादी शक्तिहरु परनिर्भरताको राजनीतिमा लाजनीति हुन्छ भन्ने सम्झी सबै एक ढिक्का हुनु जरुरी छ । यसो भयो भने मात्र देश बिकासको गतिमा अगाडि बढ्न सक्छ ।

घर भित्र दलीय स्वार्थ आफ्नो ठाउंमा भएपनि बाहिरियाहरुको प्रभावमा परी अब पनि कतिन्जेल चलखेल गर्ने ? यसो सम्झिनुहोस त, नयाँपुस्ताले कसरी धिक्कार्ला । आज प्रत्येक दलका भातृ संगठन राष्ट्रियताकै पक्षमा देखिन्छन तर केही दलका नेता भने न गरी खाने, न त अरुलाइ काम गर्न दिने , के तिनका अतीतको कर्तुतको ढाकछोप कार्यकर्ता र नेपाली जनताले गरिदिनुपर्ने ? बूढो गोरुले भकारो ओगटेजस्तो पार्टी डुबाउनेहरुले के को अब पनि डुङ्गा चलाइरहने ।

त्यसैले यो कित्ताकांटमा राजनीतिलाइ नअल्झाइकन राष्ट्रिय सवालमा सबै एउटै मोर्चामा उभिइने हो भने मात्र भविश्यमा जनतालाइ निर्णय गर्न सजिलो हुन्थ्यो होलाकी । अन्यथा यो कोरोनाको महामारीमा सबै एक भएर लागि पर्नुको सट्टा भारतीय गोटी नबन्नु नै उचित होला । मौका आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन भनेजस्तो । यहि हो दलीय राजनीतिलाइ जनताको अगाडि छर्लङ्ग पार्ने र जनताको बिस्वासको आधारशिला तयार पार्ने समय ।

प्रतिक्रिया दिनुहोस