• २०८१ माघ ९ गते बुधवार

नेकपा अध्यक्ष प्रचण्डद्धारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले नेपालमा हजारौंको बलिदानीबाट प्राप्त गणतान्त्रीक प्रणालीले सामान्य मात्रामा सुधार नभई अपितु गुणात्मक परिवर्तन भएको बताउनुभएको छ । १३औं गणतन्त्र दिवशको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका आम नागरिकलाई शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरामा जोड दिनुभएको हो ।

उहाँले विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे राेमथाम र उपचारका लागि अग्रमाेर्चामा खटिनु हुने सम्पुर्णकाे उच्च प्रशंसा गर्दै ऐतिहासिक दिनकाे शुभकामना दिनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस