• २०८० चैत्र ३० गते शुक्रवार

आज आद्य गुरु शंकराचार्यको जन्म जयन्ती

खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख १६, काठमाडाैं । आज बैशाख शुक्ल पञ्चमी तिथि, शंकरावतार, आद्य जगतगुरु भगवान श्री शंकराचार्यको जन्मोत्सव । सन्यास परम्पराका सुत्रधार, सनातन धर्मका अनुयायी आद्य जगतगुरु श्री शंकराचार्यको जन्म वि स. ८४५ मा भारतको केरला प्रान्तको कालडीमा बैशाख शुक्ल पञ्चमीका दिन भएको थियो । सोहि बमोजिम आज मिति २०७७ साल बैशाख १६ गते आद्य जगतगुरु श्री शंकराचार्यको १२३३ औं जन्मोत्सवको पुनित उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना ।

यसै सन्दर्भमा आद्य जगतगुरु शंकराचार्यको जीवनसँग सम्बन्धित केहि महत्पूर्ण कुराहरुको अध्ययन गर्नैपर्ने हुन्छ । जसनुरुप आद्य गुरु शंकराचार्यले वाल्यकालदेखि नै सांसारिक आनन्दको त्याग गरी पुरातन अद्वैत वेन्डाता विचारधाराको संयोजन गरे र हिन्दु धर्मको सवैभन्दा पुरानो अवधारणाको वकालत गरी जसमा हिन्दु धर्मले आत्मा र आत्माको मिलनलाई समेट्यो । उनले ह्रिन्दु धर्म बौद्ध धर्मभन्दा कसरी फरक छ भन्ने कुराको अन्र्तदृष्टि दिए जसअनुसार हिन्दु धर्मले आत्माको आत्म अवधारणालाई समर्थन र स्वीकार गर्छ भने बुद्ध धर्मले यसभन्दा केहि फरक दृष्टिकोण राख्दछ । यसैगरी उनले भारतीय उपमहाद्धिपमा हिन्दु धर्मसम्बन्धि दर्शनको प्रचार प्रसार गर्र्दै उपनिषद र ब्रम्हासुत्रअनुसार मठको जीवनको महत्व स्थापित गरे ।

उनले चार वटा मठहरु स्थापना गरे जसले अद्धैत वेदान्तको प्रसारलाई पुनर्जीवित गर्न मद्दत पुग्यो । यसैले उनी अद्धैत वेदान्तको सवैभन्दा महान पुनरुत्थानवादी मानिन्छन् । उनको महत्वपूर्ण काम भनेको शन्माताको संस्लेषण हो अर्थात् छ वटा धर्महरुको पुजा गर्ने र यी छ वटा सर्वोच्च देवताहरु एक ईश्वरीय शक्तिका अङ्ग भएको जानकारी दिनु । उनी पुराना ग्रन्थहरु अध्ययन गर्न र अन्तरदृष्टि टिप्पणीका लागि प्रख्यात छन् । उनले उपनिषद र भगवद् गीताका १० सिद्धान्तहरुमा विचार र टिप्पणी पनि गरेका थिए । उनले देवीदेवताहरुको प्रशसा गर्नको लागि धेरै कविताहरु पनि रचना गरेका थिए । यसको साथै शिव र कृष्णमा समर्पित भएर केहि व्याख्यान पनि गरेका छन् । उनको प्रसिद्ध साहित्यिक रचना उपदेशशहरी हो र जसको अर्थ हो “हजार शिक्षा“ जहाँ उनको जीवन चित्रण पनि गरिएको छ र धेरैजसो उनका जीवनीहरुलाई शंकर विजया वा गुरु विजया, शंकराभ्युदय, र शंकराचार्य पनि भनिन्छ । उनी ३२ वर्षको उमेरमा भारतको उत्तराखण्डको केदारनाथमा समाधिमा गएका थिए । विभिन्न ग्रन्थहरुकाअनुसार उनी अन्तिम पटक केदारनाथ मन्दिरबाट आप्mनो चेलाहरुलाई लिएर हिमालयतर्फ हिँडेका थिए ।

यसरी उनले वाल्यकालदेखि धार्मिक सहिष्णुताको मार्ग अवलम्वन गरी शैव सन्यास परम्परालाई व्यवस्थित गरेका थिए । उनले सनातन धर्मको रक्षार्थ आर्यब्रतका चार दिशामा हिन्दु धर्मको चारवटा पीठहरुको स्थापना गरेका थिए जसनुरुप हिमालयको काख बद्रिनाथमा ज्योतिषपीठको स्थापना गरी आफ्ना शिष्य त्रोटकाचार्यलाई पीठाधिस बनाउनु भयो भने पश्चिम द्धारकामा शारदापीठको स्थापना गरी आफ्ना शिष्य हस्तामलकलाई पीठाधिस बनाउनु भयो । त्यस्तै पुर्व जगन्नाथपुरीमा गोवद्र्धन पीठको स्थापना गरी आफ्ना शिष्य पदमपादलाई र दक्षिण श्रीगिरीमा श्रीगिरी पीठको स्थापना गरी आफ्ना शिष्य सुर्यस्वोराचार्यलाई पीठाधिस बनाएका थिए भन्ने गरिन्छ ।

जसले गर्दा दसनामी सन्यासीहरुको दस थर पनि यहि आधारमा स्थापित भएको पाइन्छ । यसरी नेपाल दसनामी समाजले हरेक वर्ष आद्य गुरु शंकराचार्य जयन्ती विभिन्न कार्यक्रमहरुकासाथ मनाउँदै आइरहेको थियो र यस वर्ष पनि मनाउने कार्यक्रम हुँदाहुँदै पनि विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरसको कारणले नेपालमा पनि देसैभर लक डाउनको स्थिति भएकोले केहि कार्यक्रम गर्नको लागि नेपाल दसनामी समाज असमर्थ भएको छ तथापी आद्य गुरु शंकराचार्यको धार्मिक सत्मार्ग अवलम्वन गर्नको लागि हाम्रो समाजका सवै वर्ग तथा जातजातीलाई प्रेरणा मिलोस्, सवैको भलो होस्, जय आद्य गुरु शंकराचार्य । ॐ नमो शिवाय ।

प्रतिक्रिया दिनुहोस