• २०८२ जेष्ठ ४ गते शनिवार

क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्युु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, रोल्पा । क्वारेन्टाइनमा बसेका रोल्पाका एक पुरुषको मृत्युु भएको छ । रोल्पाको माडीगाउँ गाउँपालिका वडा न. २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

काठमाण्डौ ईट्टाभट्टामा नाइकेका रुपमा काम गर्ने छोरासंग दमको उपचारका लागि गएका उनी ५ दिन अगाडि रोल्पा आएका थिए । परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । मृतकलाई केहि वर्ष पहिले टिबी पनि भएको र दमको रोग उपचारका लागि काठमाण्डौ गएका थिए। उनको गए राति ११ बजे मृत्यु भएको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले बताए ।

अहिले सदरमुकाम लिबाङबाट चिकित्सक स्वाब लिन घर्तीगाउँ पुगेका छन्। उनको स्वाब संकलन गरेर परीक्षणका लागि दाङ पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस