बैशाख १६, धादिङ । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ मा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धुनीबेसी नगरपालिकाको कच्ची बाटोमा बा ५ ख ६७७५ नम्बरको टिप्पर सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा सोही वडाको ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।